कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनी

विदुर खबर २०८० चैत २१ गते ८:२४

नुवाकोट । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनीमा राखिएको छ ।

Advertisement

त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा  ‘दुई दशकमा लाङटाङ : प्रकृति, विविधता, भूकम्प र जीवन’ शीर्षकमा फोटो प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीमा राखिएका फोटो वाशिङ्टन विश्वविद्यालयका प्राध्यापक रायन्डल सी काइज, त्रिविका प्राध्यापक मुकेश चालिसे, नेपाल इन्जिनियरिङ कलेजका डाक्टर नारायणप्रसाद कोजू र कलाकार बालकृष्ण बनमालाले खिच्नुभएको हो ।

Advertisement

उहाँहरूले अनुसन्धान र तालिमका अवसरमा लाङटाङमा जाँदा सन् २००२ देखि २०२३ सम्म दुई दशकमा खिचिएका फोटोमध्येबाट एक सयबाट छानिएका फोटो प्रदर्शनीमा राखिएको पुस्तकालकाय सूचना अधिकारी विजय शर्माले जानकारी दिनुभयो ।

 

Advertisement

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया