नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

विदुर खबर २०८० चैत १२ गते ८:१३

नुवाकोट । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ ।

Advertisement

खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी-२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । त्यसैले प्रदर्शन खेलाडीहरु विना दबाब गर्नेछन् । नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।

Advertisement

सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । पहिलो रोजाइका अलराउन्डर डेलानीले आयरल्यान्डबाट ६७ टी-२० आई खेल खेलेका छन् ।

यता नेपालका दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडी हुन् । अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ ।

Advertisement

नेपालले अनिल शाह, आकाश चन्द र विवेक यादवलाई आज मौका दिने सम्भावना छ । पछिल्लो समय लयमा नभएका अभिनाश बोहरालाई पनि सुधार गर्ने राम्रो अवसर हुनेछ ।

आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी टोलीमा हुँदा नेपालसँगको खेल कडा टक्कर हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया