तेस्रो एनयुएफसी कप : महेन्द्र र दानसिंह माविको विजयी शुरुवात

विदुर खबर २०८० फागुन १४ गते २०:२६

नुवाकोट । नुवाकोटको बट्टारमा जारी स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कप प्रतियोगिता अन्र्तगत सोमवार भएको खेलमा महेन्द्र मावि, दानसिंह मावि र भैरवी मावि विजयी भएका छन् ।

Advertisement

आज भएको छात्रातर्फको पहिलो खेलमा अर्किड एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै भैरवी मावि सेमिफाइनल प्रवेश गरेको छ ।
भैरवी माविलाई विजयी गराउन खेलका १७ औ मिनेटमा स्मारिका थापामगरले निर्णायक गोल गरेकी थिइन् ।

खेलमा गोल गरेकी उनै थापा मगर खेलको म्यान अफ दी म्याच घोषित भइन् ।

Advertisement

यस्तै आजै भएको छात्रतर्फको दोस्रो खेलमा महेन्द्र मावि विजयी भएको छ । उसले तिनधारे पिपलडाँडा माविलाई झिनो गोल अन्तरले पराजित गरेको हो । महेन्द्र माविलाई विजयी गराउन अभिषेक तामाङले खेलको १६ औ मिनेटमा गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गरेका महेन्द्र माविका उज्जवल तामाङ म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै आजै भएको तेस्रो खेलमा दानसिंह माविले पन्चमिलन माविलाई २–१ गोल अन्तरले पराजित गरेको छ । दानसिंह माविलाई विजयी गराउन निरज तामाङ र युवराज तामाङले गो गरेका थिए । यस्तै पन्चमिलन माविको तर्फबाट साजन तामाङले सात्वना गोल फर्काएका थिए ।

Advertisement

प्रतियोगिता अन्र्तगत मंगरवार तीन खेल हुनेछन् ।

प्रतिक्रिया