रसुवामा सामुदायिक वनमा सहभागितामुलक अर्थपूर्ण परामर्श सम्पन्न

विदुर खबर २०८० फागुन १४ गते ११:०५

रसुवा । सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको आयोजनामा “स्थानीय सरकार तथा स्थानीय स्तरका समन्वयात्मक कार्यहरूबाट नेपालमा सामुदायिक वन अधिकार सुनिश्चितता” भन्ने नाराका साथ सहभागितामुलक अर्थपूर्ण परामर्श तथा अन्तक्र्रिया कार्यक्रम उत्तरगया गाउँपालिका–२ डाडागाउँमा सम्पन्न भयो ।

Advertisement

उत्तरगया गाउँपालिकाभरका सामुदायिक वन उपभोक्ता समुहबाट सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथी सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेले सामुदायिक वनमा उद्यम गरी आयआर्जन बढाउनुपर्ने बताइन् । उनले भनिन् ‘उपभोक्ताले खाली खुट्टा डोकोमा बिरुवा बोकेर बृक्षारोपण तथा संरक्षण गरेर हराभरा भएको जंगलबाट वनजन्य उत्पादन गरी गरिवी निवारणका लागि आयआर्जन मुलक गर्नुपर्छ ।’ कार्यक्रम सहजिकरण न्यौपानेले गर्दै वनको संरक्षण तथा स्थानीय आदिवासी उपभोक्ताको अधिकार सुनिश्चित हुनुपर्ने बताइन् ।

स्थानीय दियालेपाखा सामुदायिक वनभित्र भिजिङग्रा नामको जडिबुटीको फल संकलन गरेर चोरी निकासी भएको थाहा पाएकोले वन कार्यालयमा खबर गरेको उपभोक्ता शेरबहादुर तामाङले बताए । यस क्षेत्रमा भिजिङग्राको खेती गरेर आयआर्जन गर्न सकिन्छ । अर्का सहभागी मायादेवी तामाङले भनिन् ‘औषधिय गुण भएको तेल निकाल्न सकिने भिजिङ्ग्राको व्यवसायीक खेती गर्न सकिने रहेछ ।’

Advertisement

कर्यक्रममा सहभागीहरूले वन डँडेलो नियन्त्रण, ओखर, अलैची खेती, टिमुर, बास, निगालोको बिरुवा आवश्यक रहेकोले उपयुक्त समयमा उपलब्ध गराउनु पर्ने बताए । कुनाघारी सामुदायिक वनका जगतप्रसाद पौडेलले बाँदर तथा दुम्सीको कारण खेती बाली नष्ट गरेर हैरानी पारेकोले समस्या परेको बताए । उनले भने ‘हाम्रो सामुदायिक वनमा अतिक्रमण पनि बढेको छ ।’ सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय सरकार तथा स्थानीयस्तरका समन्वयात्मक कार्यहरूबाट नेपालमा सामुदायिक वनअधिकार सुनिश्चितता कार्यक्रम अन्र्तगत आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधी, सामुदायिक वन महासंघका पदाधिकारीहरू, स्थानीय उपभोक्ता गरी ४४ जना सहभागी थिए ।

त्यसैगरी त्यसै गरी “वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त संगठन समृद्धिको आधार” भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता समुहहरूको लेखा परीक्षण तथा सुशासन अभिबृद्धिका लागि सहजिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा उत्तरगया गाउँपालिका–२ का वडा अध्यक्ष टुकुप्रसाद सुवेदीले सामुदायिक वन उपभोक्ता समुहहरू बिधी र नीतिमा चल्नुपर्ने बताए । वनलाइ जीवन र जनजिविकासँग जोडेर आयमुलक काममा गर्नुपर्ने बताउँदै सवै उपभोक्ता समुहले समयमा वार्षिक साधारण सभा, लेखा परीक्षण र आयव्याय सार्वजनिक गर्नुपर्ने बताए ।

Advertisement

सामुदायिक वन उपभोक्ता महासंघ रसुवा र डिभिजन वन कार्यालय रसुवाको सहकार्यमा भएको छलफलमा सामुदायिक वन उपभोक्ता समुहको सुशासनका लागि समयमा वार्षिक साधारण सभा तथा लेखा परीक्षण समयमा हुनुपर्ने, लेखा परीक्षणको महत्वलगायत विषयमा डिभिजनल वन अधिकृत प्रेमा थापा, सामुदायिक वन उपभोक्ता महासंघका हेमनाथ खतिवडा, शान्ता न्यौपाने, उत्तम घलेलगायतले आफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया