रसुवामा खुला जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

विदुर खबर २०८० फागुन ८ गते ९:५५

रसुवा । रसुवामा आगामी फाुगन २५ गतेदेखि प्रथम रसुवा नेकोस कप खुला जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

Advertisement

ग्याल्बो ल्होसारको अवसरमा नेपाल खेलकुद महासंघ रसुवाको आयोजनामा हुने प्रतियोगिता कालिका हिमालय माविको खेल मैदानमा हुने छ ।
सदरमुकाममा भएको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनर्पु तामाङले भलिबल, कप तथा खेलकुद सामग्रीको प्रर्दशन गरी खेलको बारेका चर्चा गरे । उनले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेकोले युवा वर्गले खेलकुदको विकासमा ध्यानदिनु पर्ने बताए ।

नेपाल खेलकुद महासंघ रसुवाका अध्यक्ष बिराज तामाङले जिल्ला स्तरिय भलिबल खेलको आयोजना गरेकोले सवैले सकरात्मक रुपमा लिएर खेलको विकसमा जुट्नुपर्ने बताए ।

Advertisement

प्रतियोगिताको विजेता टोलीले ७७ हजार ७ सय ७७ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।भने भने दोस्रो हुने टोलीले ४४ हजार ४ सय ४४ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २ सय २२ नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै प्रतियोगितामा अनुशासित खेलाडी , उत्कृष्ट स्पाईकर , उत्कृष्ट ब्लकर , उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, र उत्कृष्ट कोचहरुलाई पनि ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Advertisement

त्यस्तै व्वाटरफाइनलदेखिको खेलमा म्याच अफ दी म्याच हुनेलाई पनि ट्रफी प्रदान गरिने महासंघका अध्यक्ष तामाङले बताए ।
टीम दर्ता गर्नका निम्ति तीन हजार पाँच सय रुपैयाँ श्ल्क लाग्ने छ । टीम दर्ता फागुन २३ गतेसम्म गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया