विदुर मेयर कप : उत्कृष्ट उपविजेता बन्दै विदुर सेमिफाईनलमा

विदुर खबर २०८० माघ १८ गते २१:४२

नुवाकोट । विदुर नगरपालिका बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा बिहिवार तारकेश्वर गाउँपालिका र ककनी गाउँपालिकाले गोलरहित वरावरी खेलेपछि विदुर नगरपालिका तीनै समुहमध्ये उत्कृष्ट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

विदुर नगरपालिका दुई खेलबाट एक हार र एक जित हात पार्दे ३ अंकका साथ उत्कृष्ट उपविजेता भन्दै सेमिफाईनल प्रवेश गरेको विदुर नगर खेलकुद विकास समितिका अध्यक्ष अच्युत महन्त राज गिरीले जानकारी दिए ।

Advertisement

यस्तै म्यागङ गाउँपालिका, शिवपुरी गाउँपालिका यसअधि नै समुह विजेता बन्दै सेमिफाईनल प्रवेश गरिसकेका थिए । आजै भएको दोस्रो खेलमा सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाले वरावरी खेल्दै अंक वाँडेका थिए ।

सुर्यगढी गाउँपालिका समुह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । उसले समान अंक र गोल भएपनि लिखु गाउँपालिका र तारकेश्वर गाउँपालिकालाई पहेलो कार्डको आधारमा जित हात पारेको नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए ।
सुर्यगढी गाउँपालिकाले कम कार्ड पाएकोले सेमिफाईनल प्रवेश गरेको हो । लिखु र तारकेश्वरले सुर्यगढीको तुलनामा बढी कार्ड पाएको उनले बताए ।

Advertisement

समुह ए मा लिखु, सुर्यगढी तारकेश्वर र ककनी गाउाँपालिका गरि चार टिम भएपनि अन्तिम स्थानमा रहेन टिमसँग खेलेको अंक र गोलसंख्या नगनिने भएकोले विदुरले सेमिफाईनल खेल्ने मौका पाएको हो ।

यसैविच लिखु गाउँपालिकाका सर्मथकहरुले अंकको आधारमा लिखु गाउँपालिका सेमिफाइनल जानुपर्ने भन्दै मैदानमा केही फुटवल संघका पदाधिकारीहरुसँग असन्तुष्टि पोखेका छन् ।

उनीहरुले लिखु गाउँपालिकाले ५ अंक पाएपनि सेमिफाईनल नपुगेको र विदुरको ३ अंक हुँदा पनि सेमिफाईनल गएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

 

प्रतिक्रिया