विदुर मेयर कप : उत्कृष्ट उपविजेता बन्दै विदुर सेमिफाईनलमा
नुवाकोट । विदुर नगरपालिका बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा बिहिवार तारकेश्वर गाउँपालिका र ककनी गाउँपालिकाले गोलरहित वरावरी खेलेपछि विदुर नगरपालिका तीनै समुहमध्ये उत्कृष्ट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।
विदुर नगरपालिका दुई खेलबाट एक हार र एक जित हात पार्दे ३ अंकका साथ उत्कृष्ट उपविजेता भन्दै सेमिफाईनल प्रवेश गरेको विदुर नगर खेलकुद विकास समितिका अध्यक्ष अच्युत महन्त राज गिरीले जानकारी दिए ।
यस्तै म्यागङ गाउँपालिका, शिवपुरी गाउँपालिका यसअधि नै समुह विजेता बन्दै सेमिफाईनल प्रवेश गरिसकेका थिए । आजै भएको दोस्रो खेलमा सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाले वरावरी खेल्दै अंक वाँडेका थिए ।
सुर्यगढी गाउँपालिका समुह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । उसले समान अंक र गोल भएपनि लिखु गाउँपालिका र तारकेश्वर गाउँपालिकालाई पहेलो कार्डको आधारमा जित हात पारेको नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए ।
सुर्यगढी गाउँपालिकाले कम कार्ड पाएकोले सेमिफाईनल प्रवेश गरेको हो । लिखु र तारकेश्वरले सुर्यगढीको तुलनामा बढी कार्ड पाएको उनले बताए ।
समुह ए मा लिखु, सुर्यगढी तारकेश्वर र ककनी गाउाँपालिका गरि चार टिम भएपनि अन्तिम स्थानमा रहेन टिमसँग खेलेको अंक र गोलसंख्या नगनिने भएकोले विदुरले सेमिफाईनल खेल्ने मौका पाएको हो ।
यसैविच लिखु गाउँपालिकाका सर्मथकहरुले अंकको आधारमा लिखु गाउँपालिका सेमिफाइनल जानुपर्ने भन्दै मैदानमा केही फुटवल संघका पदाधिकारीहरुसँग असन्तुष्टि पोखेका छन् ।
उनीहरुले लिखु गाउँपालिकाले ५ अंक पाएपनि सेमिफाईनल नपुगेको र विदुरको ३ अंक हुँदा पनि सेमिफाईनल गएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया