विदुर मेयर कप फुटवल : सुर्यगढी सेमिफाइनल नजिक

विदुर खबर २०८० माघ १६ गते १५:०४

नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा सुर्यगढी गाउँपालिकाले ककनी गाउँपालिकालाई पराजित गरेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केहीवेर अघि सम्पन्न भएको खेलमा सुर्यगढी गाउँपालिकाले ककनी गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सुर्यगढीलाई जित दिलाउन निशान्त श्रेष्ठले निर्णायक गोल गरेका थिए । निर्णायक गोल गर्ने श्रेष्ठ नै खेलको म्यान अफ दी म्याच घोषित भएका छन् ।

Advertisement

जितसँगै ४ अंक जोडेको सुर्यगढी गाउँपालिका समुह ए को शीर्ष स्थानमा उक्लिएको छ । सुर्यगढीलाई सेमिफाइनल पुग्न लिखु गाउँपालिकासँग जित वा वरावरी दुबै भए पुग्नेछ । लगातार दुई खेलमा पराजित भएको ककनी गाउँपालिका प्रतियोगिताबाट वाहिरिएको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा लिखु गाउँपालिका र तारकेश्वर गाउँपालिकावीच प्रतिष्पर्धा हुने छ । पहिलो खेलमा ककनी गाउँपालिकालाई पराजित गरेको लिखु गाउँपालिका आज पनि सोही लय समात्दै मैदानमा उत्रिनेछ भने तारकेश्वर गाउँपालिका पनि उच्च मनोवलका साथ मैदानमा उत्रदैछ ।

Advertisement

तारकेश्वर गाउँपालिकाले पहिलो खेलमा सुर्यगढीसँग गोलरहित वरावरी खेलेको थियो ।

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र ८ गाउँपालिकासहित १० टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया