विदुर मेयर कप फुटवल : आज दुई खेल हुँदै

विदुर खबर २०८० माघ १५ गते ८:५२

नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुँदै छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने पहिलो खेलमा शिवपुरी गाउँपालिका र किस्पाङ गाउँपालिकाबीच प्रतिष्पर्धा हुँदै छ ।

पहिलो खेलमा बेलकोगढी नगरपालिकासँग वरावरी खेलेको किस्पाङ गाउँपालिका आज जित हात पादै सेमिफाइनल प्रवेश गर्न चाहान्छ भने भने शिवपुरी गाउँपालिका पहिलो खेलमा तीन अंक लिँदै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने लक्ष्यको साथ मैदान प्रवेश गर्दे छ । खेल मध्यान्न १२ बजे शुरु हुने छ ।

Advertisement

यस्तै आजै हुने दोस्रो खेलमा म्यागङ गाउँपालिका र तादी गाउँपालिकावीच प्रतिष्पर्धा हुने छ । पहिलो खेलमा विदुरलाई पराजित गरेको म्यागङ गाउँपालिका आज पनि सोही लय समात्दै सेमिफाईनल प्रवेश गर्न मैदानमा उत्रिनेछ भने तादी गाउँपालिका प्रतियोगितामा पहिलो खेल खेल्दै छ । समुह सि मा म्यागङ गाउँपालिका ३ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।

Advertisement

प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र ८ गाउँपालिकासहित १० टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया