विदुर मेयर कप फुटवल प्रतियोगिता तीन दिन स¥र्यो
नुवाकोट । विदुर नगरपालिका र नुवाकोट फुटवल संघको आयोजनामा आगामी माघ १० गतेदेखि हुने भनिएको मेयर कप फुटवल प्रतियोगिता तीन दिन पर धकेलिएको छ ।
राष्ट्रिय सभाको निर्वाचनको कारण देखाउँदै आयोजकले प्रतियोगिता तीन दिन पर सारेको हो । विदुर नगरपालिकाका प्रवत्ता रविन्द्र नेपालका अनुसार राष्ट्रिय सभाको निर्वाचनको मतदान ११ गते परेकोले प्रतियोगिता माघ १३ गतेको लागि सारिएको हो ।
खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित युवा उत्पादन गर्ने उदेश्यका साथ अन्तरपालिका स्तरीय विदुर मेयरकप फुटवल प्रतियोगिता आयोजना गरेको विदुर नगरपालिकाले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेता ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ठ गोलरक्षक, उदयमान खेलाडी, अनुशासित टिम, सर्बाधिक गोलकर्ता र म्यान अफ द म्याचले समेत पुरस्कार पाउने बताइएको छ ।
प्रतियोगितामा सहभागी जनाउन प्रत्यके टोलीले ५० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने नुवाकोट जिल्ला फुटवल संघले जनाएको छ । खेल नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने छ ।
प्रतियोगिताको उद्घाटन अर्थमन्त्रि डा प्रकाशशरण महतले गर्ने आयोजकले बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया