विदुर मेयर कप फुटवल प्रतियोगिता हुने

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट फुटवल संघको व्यवस्थापनमा आगामी माघ १० गतेलदेखि मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ ।
खेलकुदको माध्यमबाट स्वस्थ र अनुशासित युवा उत्पादन गर्ने उदेश्यका साथ अन्तरपालिका स्तरीय विदुर मेयरकप फुटवल प्रतियोगिता आयोजन ागर्न लागेको विदुर नगरपालिकाले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेता ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ठ गोलरक्षक, उदयमान खेलाडी, अनुशासित टिम, सर्बाधिक गोलकर्ता र म्यान अफ द म्याचले समेत पुरस्कार पाउने बताइएको छ ।
प्रतियोगितामा सहभागी जनाउन प्रत्यके टोलीले ५० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने नुवाकोट जिल्ला फुटवल संघले जनाएको छ ।
खेल नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने छ ।
प्रतिक्रिया