सान्जेनको काम अन्तिम चरणमा, फागुन अन्तिम साताबाट परीक्षण सुरु गर्ने
नुवाकोट । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले रसुवामा निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले २०७० सालदेखी निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
अहिले आयोजनाको अन्तिम चरणकाे छुटफुट काम भइरहेको आयोजना प्रमुख अर्पणबहादुर सिंहले बताए । उनले आयोजनाको सबै काम पूरा गरेर फागुन अन्तिम सातादेखि परीक्षण सुरु गर्ने लक्ष्य रहेकाे जानकारी दिए । हेडरेस तथा पेनस्टक पाइपको परीक्षण भने सुरु गर्ने तयारी भइरहेको जानकारी दिँदै सिंहले पुस १५ गतेभित्र सुरुङमा पानी भर्ने बताए ।
‘आयोजनाको सिभिल संरचनाको शतप्रतिशत निर्माण सकिएको छ,’ उनले भने, ‘इलेक्ट्रो मेकानिकल उपकरण जडानकाे काम ८५.४४ प्रतिशत, सिभिल तथा हाइड्रो मेकानिकल तर्फ ९६.४७ प्रतिशत निर्माण पुरा भएको छ । आयोजनाको बाँकी काम ३ महिनाभित्र पूरा गरी अन्य संरचनाको पनि परीक्षण सुरु गर्ने योजनाअनुरुप काम भइरहेको सिंहले जानकारी दिए ।
आयोजनाको काम पूरा भएपछि उत्पादित विद्युत् २ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब-सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम भने पुरा भइसकेको छ । आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तर निर्माणमा ढिलाई, डलरको मूल्यवृद्धि र मुद्रास्फिती लगायतका कारणले यो आयोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ ।
आयोजनाको काम यसअघि नै सम्पन्न गर्ने कम्पनीको लक्ष्य थियो । तर, यसअघि नै झेल्नुपरेको भुकम्प, बाढि पहिरो, नाकाबन्दी, विभिन्न सरकारी तथा गैर–सरकारी निकायबाट पाउनुपर्ने स्वीकृतमा ढिलाइ, ठेकेदारको कार्यसम्पादनमा ढिलाई तथा कोभिड–१९ लगायत विविध कारणले गर्दा आयोजना सम्पन्न हुने मिति लम्बिदै गएको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले रसुवा मै १४.८ मेगावाटको माथिल्लो सान्जेन खोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । यो आयोजनाले २०८० असोजदेखि विद्युत् उत्पादन गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया