रसुवामा एकहप्ते मौरीपालन तालिम सम्पन्न

विदुर खबर २०८० मंसिर २५ गते १५:०९

रसुवा । रसुवामा एक हप्ते मौरीपालन तालिम सम्पन्न भएको छ ।

Advertisement

बेतिनी पोल्ट्रि फर्म एण्ड ग्रिनको आयोजनामा कालिका गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष फडिन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।

कार्यक्रममा बोल्दै कालिका गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष फडिन्द्रप्रसाद न्यौपानेले आगमी दिनमा कृषकहरुको माग अनुसारको तालिम आयोजना गरेर किसानहरुलाई राहातको प्योकजे घोषाण गर्ने बताए । उनले रसुवा जिल्ला मौरीको पकेट क्षेत्र भएकोले सबै सरोकारवाला निकायहरु मिलेर मौरी पालन व्यवसायलाई प्रर्वदन गर्नुपर्ने बताए ।

Advertisement

त्यस्तै कार्यक्रममा मौरीपालक संघ नुवाकोटका अध्यक्ष भीमप्रसाद अधिकारीले कृषिमा राज्यले लगानी बढाउनुपर्ने, किसानहरुको आयस्रोत बढाउन स्थान हेरेर मौरी पालनलाई प्राथमिकता राखेर कार्यक्रम बनाउन बडाअध्यक्षलाई सुझाव दिए ।

उनले नुवाकोट र रसुवामा मौरी पालन ब्यवसाय सन्चालन गर्न चाहने किसानहरुलाई मौरी पालन ब्यवसाय तालिम लगायत सहुलियत दरमा मौरी जन्य सामाग्रीहरू उपलब्ध गराउदै आएको र लगानी गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहुलियत दरमा मौरी पालन ब्यवसाय सन्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

तालिममा मौरीविद विदुरकुमार कार्कीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया