रसुवाको धुन्चेमा माछापालन सम्बन्धी तालिम शुरु
रसुवा । रसुवामा आईतवारदेखि कृषकहरुका लागि माछा पालन सम्बन्धी तालिम शुरु भएको छ ।
पशु सेवा केन्द्र बागमती प्रदेश लगनखेल ललितपुरको आयोजना तथा रेम्न्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चे रसुवाको सहजीकरणमा तालिम शुरु भएको हो ।
तालिममा रसुवा नुवाकोटसहित बाग्मति प्रदेशको सात जिल्लाका १८ जना माछा पालक कृषकहरुको उपस्थिति रहेको छ । तालिम आगामी आईतवारसम्म संचालन हुने आयोजकले जनाएको छ ।
रेन्बो ट्राउट माछा पालन गरिरहेका कृषकहरूमा थप निखरता आअोस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक संस्था पशु सेवा केन्द्र बागमती प्रदेश लगनखेलले जानकारी दिएको छ ।
तालिममा रेम्बो ट्राउट माछाको सम्भाव्यता अध्ययन, दाना व्यवस्थापन,माछा प्रजनन,रोग व्यवस्थापन व्यवस्थापन सम्वन्घि सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिपको जानकारी गराइएको वैज्ञानिक एस १ महेन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।
ट्राउट माछा पालनका लागि मध्य पहाड र हिमालबाट बगी आउने सफा कन्चन निरन्तर बगिरहने खोला नाला मूलको पनि १४ देखि १८ डिग्री सेल्सेसको तापक्रम भएको उपयुक्त हुने कार्यक्रममा जानकारी दिइएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया