रसुवाको गोसाइकुण्डका तीनजना पक्राउ

विदुर खबर २०८० मंसिर २२ गते १८:३९
फाईल फोटो ।

रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिकाका तीनजना दुई किलो सुनसहित पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन्। रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट २ किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुंगा नाकामा चेकजाँचका क्रममा उनीहरुलाई दुई किलो सुनसहित पक्राउ गरेको हो।

Advertisement

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया