लाओसमा जित निकाल्दै नेपाल दोस्रो चरणमा
नुवाकोट । नेपाल फिफा विश्वकप २०२६ अन्तर्गत छनोटको दोस्रो चरणमा पुगेको छ ।
नेपालले लाओसलाई उनीहरुकै भुमिमा १–० ले हराएर पहिलो चरण पार गरेको हो । यद्दपि नेपालले दशरथ रंगशालामा भएको पहिलो लेगमा लाओससँग १–१ बराबरी खेलेको थियो । नेपाल समग्रमा २–१ को अग्रतासँगै लाओसलाई पछि पार्न सफल भयो ।
नेपालको लागि ५२ औं मिनेटमा मनिष डांगीले गोल गरेका थिए । उनलाई अन्जन विष्टले बल पास गरेका थिए । उनले यसलाई सदुपयोग गर्दै नेपाललाई अग्रता दिलाए । यसपछि कुनै गोल नभएपछि उक्त गोल नै नेपाललाई जित दिलाउन पर्याप्त भयो । नेपालले दोस्रो चरणमा समूह एचमा युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।
पाकिस्तान पनि दोस्रो चरणमा कम्बोडियालाई १–० ले स्तब्ध तुल्याउँदै पाकिस्तान फिफा विश्वकप छनोटको दोस्रो चरणमा पहिलो पटक पुगेको छ ।
इस्लामाबादको जिन्नाह स्टेडियममा भएको दोस्रो लेगमा घरेलु टोली पाकिस्तानले जित निकालेको हो । कम्बोडियामा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । पाकिस्तानमा करिब आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया