कालोबजारी गरेको आरोपमा काठमाडौँकै सबैभन्दा ठूलो चिनी गोदाम सिल
विदुर खबर
२०८० असोज ८ गते १६:४७

नुवाकोट । वाणिज्य विभागले काठमाडौँको एक चिनी गोदाम सिल गरेको छ ।
कालोबजारी गरेको आरोपमा विभागले काठमाडौँकै सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको हो । कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाम मा सिल गरिएको हो ।
विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले गोदाम सिल गरेर गुणस्तर परीक्षणका लागि चिनी पठाइएको बताएका छन् । उक्त गोदाम व्यवसायी सन्तोष खेतानको हो ।
बिल जारी नगरी महँगो मूल्यमा चिनी बिक्री गरेको भन्ने गुनासो आएपछि विभागले छापा मारेको थियो ।
सम्बन्धित
प्रतिक्रिया