भारत एसिया कपको फाइनल प्रवेश
नुवाकोट । श्रीलंकासँग कमजोर ब्याटिङका बाबजुद ४१ रनको जित निकाल्दै भारत एसिया कपको फाइल प्रवेश गरेको छ।
सुपर फोरमा १ खेल बाँकी छँदै भारतले फाइनलमा स्थान पक्का गरेको हो। मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४९.१ ओभमार १० विकेट गुमाउँदै २१३ रनमा समेटिएको थियो।
भारतका लागि रोहित शर्माले ५३, केएल राहुलले ३९, इशान किसनले ३३, अक्षर पटेलले २६ र शुभमन गिलले १९ रन बनाए। अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
भारतविरुद्ध उत्कृष्ट बलिङ गर्ने क्रममा श्रीलंकाका दुनिथ वेल्लालगे एक्लैले ५ विकेट लिएका थिए। दुनिथले रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल र हार्दिक पान्ड्यालाई आउट गरेका थिए। यस्तै, चरिथ असलंकाले ४ विकेट लिए। महीश थिकसनाले १ विकेट लिएका थिए।
भारतविरुद्ध उत्कृष्ट बलिङका बाबजुद ब्याटिङमा भने श्रीलंकाले २१४ रनको सामान्य लक्ष्य पनि भेट्टाउन सकेन। भारतको कसिलो बलिङका सामू ४१.३ ओभर मैदानमा टिकेको श्रीलंकाले १७२ रन मात्रै बनाउन सक्यो।
श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा भारतका कुलदीप यादवले ४ विकेट लिए। यस्तै जसप्रित बुमराह र रवीन्द्र जडेजाले समान २–१ विकेट लिए भने मोहम्मद सिराज र हार्दिक पाण्ड्याले १–१ विकेट लिए।
फाइनल प्रवेशका लागि श्रीलंकालाई अर्को मौका छ। अबको खेलमा पाकिस्तानलाई हराउन सके श्रीलंकाले फाइनलमा स्थान पक्का गर्नेछ। श्रीलंका र पाकिस्तानको खेल बिहीबार हुनेछ।
श्रीलंका र पाकिस्तानको अंक समान भए पनि नेट रनरेटका आधारमा श्रीलंका अगाडि छ। बिहीबारको खेल वर्षाका कारण रद्द भएमा श्रीलंका स्वत: फाइनल पुग्नेछ। किनकि बिहीबारको खेलका लागि रिजर्भ डेको व्यवस्था छैन।
भारतले भने अर्को खेल अब बंगलादेशसँग खेल्नेछ। बंगलादेश सुपर फोरबाट बाहिरि सकेका कारण उक्त खेल औपचारिक मात्रै हुनेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया