पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित
राष्ट्रिय क्रिकट टिमका पूर्वकप्तान पारस खड्का वाग्मती प्रदेश क्रिकेट संघका अध्यक्षमा निर्वाचित भएका छन् ।
उनी शुक्रबार धोवीघाट, ललितपुरमा आयोजित निर्वाचनमा उमेश पियालाई ९ मतले पराजित गर्दै प्रदेश अध्यक्ष चुनिएका हुन् ।काठमाडौं जिल्ला क्रिकेट संघका सदस्य भएपछि प्रदेशका ६ वटा जिल्ला संघमध्ये चार जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर) को समर्थनमा वाग्मती प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका खड्काले २३ मत प्राप्त गरे भने पियाले १४ मत मात्रै पाए ।
नेपाल क्रिकेट संघको निर्वाचन असोजमा हुँदैछ, जसमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वमा दोहोरिन चाहन्छन् भने कोषाध्यक्ष रोशन सिंह अध्यक्षमा चन्दलाई चुनौती दिने तयारीमा छन् । यसबीचमा काठाडौं जिल्ला संघका अध्यक्ष दीवाकर घलेसँगको समन्वयमा पारस खड्का समूह पनि बलियो बनेको छ । जिल्लादेखि प्रदेश निर्वाचनमा चन्द–खड्का समूह एकसाथ उभिएको छ भने उसलाई सिंह समूहले चुनौती दिइरहेको छ । यसको प्रत्यक्ष प्रभाव वाग्मती प्रदेश संघको निर्वाचनमा देखियो ।
वाग्मती प्रदेशको १३ सदस्यीय कार्यसमितिको निर्वाचनमा चन्द–खड्का प्यानलबाट १२ जनाले उम्मेदवारी दिएका थिए र उनीहरू सबैले कुल ३७ भोटमध्ये २३ भोट प्राप्त गर्दै जित हात पारे । सिंह पक्षबाट एक सदस्य मात्रै चुनिए । जसमा अनुजमान श्रेष्ठ (नुवाकोट) रहे । कार्यसमितिमा प्रत्येक जिल्लाको प्रतिनिधित्व हुनुपर्ने प्रावधानमा परेका उनी १६ मत पाएर पनि निर्वाचित भएका हुन् ।
चन्द–खड्का प्यानलबाट उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षत्री, सचिवमा ललितपुरका प्रसन्न शाक्य, कोषाध्यक्षमा भक्तपुरका सन्जय बस्नेत निर्वाचित भए ।
त्यस्तै, अनिल अधिकारी (चितवन), सुजन महर्जन (ललितपुर), शेखर श्रेष्ठ (ललितपुर), सन्जोग पोखरेल (मकवानपुर), वसन्तराज सत्याल (काठमाडौं), धिरज श्रेष्ठ (मकवानपुर) र अजयवीर पाण्डे (काठमाडौं) सदस्यमा चुनिए । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध भइन् । उनी राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया