नुवाकोट क्रिकेट संघमा पुन : दुर्गाराज पाठक
विदुर खबर
२०८० साउन २८ गते १९:१८
नुवाकोट । नुवाकोट क्रिकेट संघको अध्यक्षमा पुन ः दुर्गाराज पाठक निर्वाचित भएका छन् ।
आईतवार भएको संघको वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुन पाठकको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्ष र कोषाध्यक्ष वाहेक सबै पदमा निर्विरोध कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा विष्णु प्याकुरेल निर्वाचित भएका छन् ।
सचिवमा करण खतिवडा रहेका छन् भने कोषाध्यक्षमा राजेन्द्र पनेरु निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
सदस्यहरुमा सुरज सिलवाल, अनुजमान श्रेष्ठ, प्रज्जवल सापकोटा, उपेन्द्र देबकोटा, केशब मिश्र, पारस अधिकारी, ओमप्रकाश श्रेष्ठ र रामधन ढकाल सर्बसम्मत निर्वाचित भएका छन् ।
केन्द्र र प्रदेश समितिको निर्वाचन नजिकिए पनि प्रतिनिधि भने तोक्न बाँकी रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते





प्रतिक्रिया