रसुवामा लम्पी स्किनबाट एकसय ५९ पशु मरे

विदुर खबर २०८० साउन १६ गते १४:३७

रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् ।

Advertisement

पशुचौपाया मर्न थालेसँगै यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म लम्पी स्किनबाट जिल्लामा एक ५९ पशुचौपाया मरेका छन् ।

जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाईकुण्ड गाउँपालिकामा भएको छ । उक्त गाउँपालिकाको स्याफ्रुबेसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार छ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा वाक र ४१ गाईगोरुको मृत्यु भएको छ ।

Advertisement

“नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ’, उनले भने । गोसाईकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट सङ्क्रमित छन् । सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने बडालको भनाइ छ । हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड़ने चलनले रोग फैलिएको उनले बताए ।

जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ । आमा छोदिदमोबाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार पाँच सय पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन् ।

Advertisement

कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका मालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताए ।

प्रतिक्रिया