नुवाकोटका निर्माण व्यवसायीहरुद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
विदुर खबर
२०८० साउन १४ गते १३:५७
नुवाकोट । नुवाकोटका निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आईतवार धर्ना एक घण्टा धर्ना दिएका छन् ।
विभिन्न ९ बुँदे मागसहित आफुहरुले धर्ना दिएको नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिए ।
अध्यक्ष प्याकुरेलले सम्पन्न भएका निर्माण कार्यहरुको भुक्तानी समयमै गर्नुपर्ने, भुक्तानी अभावले निर्माणाधिन कार्यको म्याद थप गर्नुपर्ने, सार्बजनिक खरिद ऐन र नियमावली संशोधन गर्नुपर्ने लगायतका माग राखि आफुहरु विरोधमा उत्रिएको बताए ।
उनले नेपाल निर्माण व्यवसायी महासंघले सुरु गरेको आन्दोलनमा समेत एक्यवद्धता जनाउन जिल्ला प्रशासन कार्यलयमा प्रत्येक दिन १० बजे देखि धर्ना कार्यक्रमको सुरुवात भएको छ ।
धर्ना कार्यक्रममा निर्माण व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया