रसुवागढी नाकामा चहलपहल बढ्यो

विदुर खबर २०८० साउन १४ गते ७:११

नुवाकोट । चिनियाँ पर्यटकको आगमनसँगै चीनसँग जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ ।

Advertisement

कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।

नाका पुनःसञ्चालनपछि सुरू भएको पर्यटक आवागमन पछिल्लो समय निकै बढेको अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार चैत १८ गते देखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटक तथा ४६ देशका नागरिक सहित १० हजार छ सय ७७ जनाले रसुवागढी मितेरी पुलबाट ओहरदोहर गरिसकेको बताइएको छ ।

कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्य देशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि त्यस क्षेत्रको चहलपहल बढेको हो ।

Advertisement

पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा भने उत्साह बढ्दै गएको छ । सीमा क्षेत्रका बासिन्दाका लागि रसुवा–केरूङ ओहरदोहर गर्न प्रदान गरेको सीमा परिचयपत्रको विवरणसमेत सार्वजनिक भएको छ ।

प्रतिक्रिया