मोटर दुर्घटना हुँदा रसुवामा एक जनाको मृत्यु
विदुर खबर
२०७५ भदौ ३१ गते ४:२५

रसुवा, मोटर दुर्घटना हुँदा आज यहाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार चार जना नेपाली र एक जना चिनियाँ नागरिक घाइते भएका हुन् । घाइतेलाई उपचारार्थ जिल्ला अस्पताल धुञ्चे ल्याउँदै गरिएको छ ।
मृत्यु हुने र घाइतेको पहिचान गर्न घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ पौडेलले बताउनुभयो । घटना टिमुरेको तातोपानी पारी सर्च ट्याङ्क जाने आयोजनाको सहायक मार्गमा भएको बताइएको छ । माथिबाट ढुङ्गा झरेका दुर्घटना भएको बताइएको छ । ढुङ्गा झरेका कारण त्यस क्षेत्रमा विद्युत्समेत अवरोध भएका जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा





प्रतिक्रिया