मोटर दुर्घटना हुँदा रसुवामा एक जनाको मृत्यु
विदुर खबर
२०७५ भदौ ३१ गते ४:२५

रसुवा, मोटर दुर्घटना हुँदा आज यहाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार चार जना नेपाली र एक जना चिनियाँ नागरिक घाइते भएका हुन् । घाइतेलाई उपचारार्थ जिल्ला अस्पताल धुञ्चे ल्याउँदै गरिएको छ ।
मृत्यु हुने र घाइतेको पहिचान गर्न घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ पौडेलले बताउनुभयो । घटना टिमुरेको तातोपानी पारी सर्च ट्याङ्क जाने आयोजनाको सहायक मार्गमा भएको बताइएको छ । माथिबाट ढुङ्गा झरेका दुर्घटना भएको बताइएको छ । ढुङ्गा झरेका कारण त्यस क्षेत्रमा विद्युत्समेत अवरोध भएका जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया