ककनीको फुङफुङे झर्ना संरक्षण ब्यवस्थापन समितिको अध्यक्षमा दिपक लामा चयन

विदुर खबर २०८० असार २७ गते २२:१९

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ४ धन्सारमा रहेको प्रसिद्ध फुङफुङ झर्ना व्यवस्थापन संरक्षण समितिको अध्यक्षमा दिपक लामा चयन भएका छन् ।

Advertisement

गत शनिवार भएको भेलाले दिपक लामाको अध्यक्षतमा १२ सदस्यीय संरक्षण समिति निर्वाचित गरेको ककनी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य जीवन तामाङले जानकारी दिए ।

यस्तै भेलाले उपाध्यक्षमा सुवास लामा, सचिवमा रिन्छेन तामाङ सह–सचिवमा राजेन्द्र लामा र कोषाध्यक्षमा सरिता लामालाई चयन गरेको छ ।

Advertisement

त्यस्तै सदस्यहरुमा राजु लामा, अनन्तवीर लामा, रवि लामा र आशिष लामा रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा सुवास तामाङ, भुमसिंह लामा, सेफर तामाङ र सेते लामा रहेका छन् ।

अध्यक्षमा निर्वाचित भएका लामा पर्यटन क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन् । उनले वि.स २०७७ सालदेखि फुङफुङ झर्नालाई संरक्षण गर्ने अभियान चलाएर यसैवर्षदेखि पर्यटन बोर्ड र ककनी गाउँपालिकाको सहकार्यमा क्यानोनिङ महोत्सव समेत सचालन गरेका थिए ।

Advertisement

उनले झर्ना व्यवस्थापन संरक्षण समितिको अध्यक्षमा निर्विचित भएसँगै पर्यटकीय सम्भावना बोकेको ठाउँलाइ प्रचारप्रसार गरि आन्तरिक र बाह्य पर्यटकहरुको लागि आर्कषणको केन्द्र बनाउने प्रतिकृया दिए ।

प्रतिक्रिया