मैत्रीपुर्ण इन्डोर क्रिकेट प्रतियोगिता शुरु,पहिलो खेलमा नुवाकोट विजयी

विदुर खबर २०७५ भदौ ३० गते ९:५५

Advertisement

नुवाकोट भदौ ३०, नुवाकोट क्रिकेट संघ र रोयल क्रिकेट ईन्डोर बिचको ३ खेलको मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।
प्रतियोगिताको पहिदो खेलमा आयोजक नुवाकोट १२ रनले विजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नुवाकोटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७५ रन बनाएको थियो । नुवाकोटको लागि शितल रिमालले १२ र मिथलेश शर्मा ११ रन बनाएका थिए । बलिङतर्फ रोयल क्रिकेटकापवन सिग्देल ४ विकेट हात पारे ।

७६ रनको लक्ष्य पछाएको रोयल क्रिकेटले १५.३ ओभरमा ६२ रन मात्र बनाउन सक्यो । उकिो लागि अभियान बस्नेतले १३ शुभ राणा १२ रनको योगदान दिएका थिए । बलिङतर्फ नुवाकोटका कुशल नेपालीले ५ विकेट हात पार्दा अमिक कुमालले ३ विकेट तट्काए । खेलको म्यान अफ दि म्याच नुवाकोटका कुशल नेपाली घोषित भए ।

Advertisement

प्रतिक्रिया