साफ च्याम्पियनसिपको उपाधि भारतलाई
नुवाकोट । भारतले नवौँ पटक साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा भएको १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ । मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटको सडन डेथमा पराजित गर्दै भारतले उपाधि उचालेको हो ।
बैङ्गलोरस्थित श्री कान्तीरावा स्टेडियममा भएको फाइनल खेलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडन डेथमा पराजित गरेको हो । त्यसअघि निर्धारित ९० मिनेटभित्र दुवै टोली १-१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त ३० मिनेटसम्म लम्बिएको थियो । जसमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल विजेताको निर्णय टाइब्रेकरमार्फत टुंगो लागेको हो ।
टाइब्रेकरमा पनि ४–४ को बराबरीपछि खेल सडन डेथमा पुगेको थियो । जहाँ भारतीय गोलकिपर गुरप्रित सिंह नायक रहे । उनले विपक्षी कप्तानको प्रहारलाई रोक्दै टोलीको जित निश्चित गरेका थिए । सडन डेथमा भारतका लागि भने महेश सिंहले गोल गरेका थिए ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र लेबनानको सहभागिता रहेको थियो । लेबनानलाई सेमिफाइनलमा भारतले टाइब्रेकरमा नै हराएको थियो । कुवेत र भारत एकै समूहबाट अघि बढ्दै फाइनल पुगेको थियो । जसमा नेपाल र पाकिस्तान पनि रहेको थियो ।
समूह चरणमा कुवेत र भारतसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया