त्रिशुली अस्पतालमा राजनीति नगरौ : पण्डित

विदुर खबर २०८० असार १९ गते २२:१९

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले अस्पताल भित्र राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् ।

Advertisement

त्रिशुली अस्पतालले मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पण्डितले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कसैले पनि राजनीति गर्न नहुने बताए ।

उनले आफु पनि राजनीतिक नियुत्ती लिएर आएको भन्दै आफुले अस्पतालमा सबै पक्षलाई मिलाएर लगेको दाबी गरे ।

Advertisement

उनले विगत केही समयदेखि त्रिशुली अस्पताल राजनीति गर्ने थलो बनेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले त्रिशुली अस्पतालमा दुई महिना मातृ शिशु कार्यक्रम बन्द हुँदा १० करोड रुपैया नुवाकोट वाहिर गएको बताए ।

त्यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पण्डितले त्रिशुली अस्पताल र विदुर नगरपालिका वडा नम्बर ९ को सहकार्यमा शववहान संचालन गर्न लागिएको बताए ।

Advertisement

शववाहन चलाउँदा अस्पताललाई आर्थिक भार बढी पर्ने भन्दै उनले वडासँह सहकार्य गर्न लागेको समेत जानकारी दिए ।

प्रतिक्रिया