विदुर नगरपालिकाको १३ औ नगरसभा आज हुँदै
विदुर खबर
२०८० असार १० गते ६:२९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको १३ औ नगरसभा आज बस्दै छ ।
जिल्ला समन्वय समिति नुवाकोटको सभाहलमा विहान ८ बजेबाट शुरु हुने नगरसभाले नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पास गर्ने कार्यक्रम रहेको छ ।
गत वर्षको तुलनामा यो वर्ष नगरपालिकाको बजेट केही कम हुने एक कार्यपालिका सदस्यले बताए । नगरपालिका गतवर्षदेखि ऋणमा रहेको भन्दै बजेट कम गर्न लागिएको हो ।
नगरपालिकाको बजेट यस वर्ष शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन लगायतको क्षेत्रमा बढी केन्द्रित भएको छ ।
प्रत्येक वडालाई दिने बजेटको सिलिङ समेत कम भएर ६० लाखमा पुग्ने देखिएको छ ।
Advertisement
विगतका वर्षहरुमा बजेट घोषणा हुँदा प्रत्येक वडालाई एक÷एक करोड रुपैयाँ बाँड्ने गरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया