रसुवाका दुई हजार तीनसय विदेश गए

विदुर खबर २०८० असार ७ गते १०:२३

रसुवा । रसुवाबाट श्रम स्वीकृत गरि विदेश जानेको संख्या दुई हजार तीनसय दुई पुगेको छ ।

Advertisement

तथ्याङ्क कार्यालय नवाकोटले राष्ट्रिय जनगणना २०७८ को रसुवाको तथ्याङ सार्वजनिक गरेको हो । कार्यालयले गत हप्ता सरोकारवालामाझ राष्ट्रिय जनगणना २०७८ को जिल्लास्तरीय नतिजा सार्वजनिक गरेको हो । उक्त सार्वजनिक नतिजाअनुसार रसुवाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दुई हजार तीन सय दुईजना रहेको छ ।

जनसङ्ख्या कम भएकाले होला रसवाबाट विदेशमा बस्नेको सङ्ख्या दई हजार तीन ु सय दुईजना रहेको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये पुरुष एक हजार तीन सय २९ जना र नौ सय ७३ जना महिला रहेका छन् । अन्य जिल्लाको तुलनामा रसुवाबाट विदेश जानेको सङ्ख्या कम देखिएको छ ।

Advertisement

सार्वजनिक गरिएको नतिजाअनसार जिल्लामा पुरुषको सङ्ख्या २४ हजार ३५ र महिलाको सङ्ख्या २२ हजार ६ सय ५४ गरी कुल जनसङ्ख्या ४६ हजार ६ सय ८९ रहेको छ । करिब १५१२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको रसवा जिल्लाको जनघनत्व ३० पति वर्ग किलोमिटर रहेको छ । जनसङ्ख्या वृद्धिदर ०.७२ प्रतिवर्ष छ ।

जिल्ला छोडी नेपालकै अन्य ठाउँमा बस्ने चार हजार आठ सय ३६ जना रहेका छन् । जिल्लामा एक हजार दुई सय ९३ जना विभिन्न किसिमको अपाङ्गता रहेका छन् । ६९.६० प्रतिशत साक्षरता रहेको जिल्लामा ७६ पतिशत प ्र रुष र ६३ प ु तिशत ्र महिलाको रहेको छ ।

Advertisement

जिल्लाभर ११ हजार एक सय परिवारमध्ये चार हजार एक सय ३५ परिवारको घर परिसरभित्र धारा रहेको र घरबाहिर धारा ६ हजार तीन सय परिवारको रहेको छ । ७८ परिवारले खला इनार, १० परिवारले ढाकेको इनार, पाँच सय ३७ परिवारले मूलधारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन पयोग गरेको पाइएको तथ्याङ्क अधिकृत दीपेन्दसिंह धामीले जानकारी दिए ।

प्रतिक्रिया