रसुवाकी १९ वर्षिय लक्ष्मी झुन्डिएको अवस्थामा भेटिइन्
विदुर खबर
२०८० जेठ ८ गते २१:३८

रसुवा । रसुवाको कालिका गाउँपालिका वडा नम्बर ४ भदौरेकी १९ वर्षिय लक्ष्मी पौडेल झुन्डिएको अवस्थामा भेटिएकी छिन् ।
गत चैत्र २५ गतेदेखि हराइरहेकी उनी कालिका गाउँपालिका वडा नम्बर ४ मा रहेको रिप पालेको वनमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
वनमा डढेलो लागेको कारणले उनको उनको शरिरको केही भाग भने जलेको पाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया