गल्छी–त्रिशुली सडक खुल्यो

विदुर खबर २०८० वैशाख २८ गते १२:४४

नुवाकोट । मृतकका आफन्तलाई क्षतीपुर्ति र घटनाको दोषीलाई कारवाही माग गर्दै बन्द गराईएको गल्छी–त्रिशुल सडक सुचारु भएको छ ।

Advertisement

मृतकका आफन्तले आज बिहानैदेखि बन्द गरेको सडक केहीवेरअघिबाट खुलेको हो । सरोकारवालाहरुको बैठकले घटनाको दोषीलाई कानुन अनुसार कडा कारवाही गर्ने मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउने निर्णय गरेपछि स्थानियले बन्द फिर्ता लिएका हुन् ।

यस अघि गएराती धादिङको गल्छिमा धारिलो हतियार प्रयोग गरी
गल्छी गाउँपालिकाको एक होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी विनोद थापा मगर गम्भिर घाईते भएपछि उपचारका लागी काडमाण्डौ लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

Advertisement

हत्यामा संलग्न भएको आरोपमा पण्डितलगायत अन्य केहिलाई पक्राउ गरिसकेको भएपनि स्थानीयले घटनाको विरोधमा गल्छी मैलुङ सडक बन्द गराएका थिए ।

बन्दकर्ताले एउटा गाडीमा आगजनी समेत गरेका छन् ।

Advertisement

प्रतिक्रिया