नुवाकोटमा राहदानी र रााष्ट्रिय परिचय पत्रको फर्म भर्दा पैसा नलाग्ने
विदुर खबर
२०८० वैशाख २५ गते १६:४५

नु्वाकोट । नुवाकोटमा राहदानी र राष्ट्रिय परिचय पत्रको फर्म निशुल्क भर्न सकिने भएको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालय विदुरमा वसेको बैठकले जिल्लामा राहदानी र रााष्ट्रिय परिचयपत्रको फर्म निशुल्क रुपमा भर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकामा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले फर्म भर्नको लागि विदुर नगरपालिकाले आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने बताएपछि सो निर्णय गरिएको हो ।
राहदानी सेवा र राष्ट्रिय परिचय पत्र सेवालाई आगामी जेठ १ गतेदेखि निशुल्क हुने बताइएको छ ।
यसअघि रााष्ट्रिय परिचय पत्र र राहदानीको फर्म भर्दा लेखापढि व्यवसायीहरुले चर्काे शुल्क लिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले निशुल्क फर्म भर्ने व्यवस्था मिलाउन सरोकारवालाहरुसँग छलफल गरेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया