नुवाकोटमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

विदुर खबर २०८० वैशाख ११ गते २१:२२

नुवाकोट ।  जबरजस्ती करणीको आरोप लागेका नुवाकोट विदुर नगरपालिका १३ का २८ वर्षीय सागर थापा पक्राउ परेका छन् ।

Advertisement

६ महिनाभन्दा बढी समयदेखि फरार रहेका उनलाई बाबुको १३ दिनको काजक्रिया सकेलगत्तै प्रहरीले पक्राउ गरेको हो । गत असोज २३ गते साँझ साढे ६ बजेको सोही वडाको खर्कटारस्थित सुनसान बाटोमा एक्लै आफ्नो घरतर्फ जाँदै गरेकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका उनी त्यसपछि फरार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

विशेष सूचना र खोजतलासको क्रममा प्रहरीले पक्राउ गरी उनलाई नुवाकोट अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया