घाइतेहरुको अवस्था बुझ्न सांसद लामा ट्रमा सेन्टरमा

नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ कोल्फुमा टाटा सुमो गाडी दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङ काठमाण्डौको ट्रमा सेन्टर पुगेका छन् ।
आज दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ कोल्फुबाट काठमाडौंका लागि छुटेको ना १ ज ३९८४ नम्बरको गाडी अनियन्त्रित भई कोल्फु सडक छेउ भीरबाट खस्दा ३ सय मिटर खसेको थियो ।
र्दुघटनामा परि घटनास्थलमै दुई जनाको ज्यान गएको हो भने एक जनाको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङ र वडा ७ की ४५ वर्षीया सानुकान्छी तामाङ रहेको डिएसपी खड्काले बताए ।
दुंघटनामा परि घटनास्थलमै निधन हुनेहरुमा छिरिङ तामाङ रमनमाया तामाङ रहेका छनु भने उपचारको लागि काठमाण्डौ लैजादै कान्छीमाया तामाङको निधन भएको छ।
घाइते हुनेहरुमा शेरबहादुर तामाङ, कुमारी तामाङ, अञ्जु तामाङ , निरमाया तामाङ र लाक्पा तामाङ रहेका छन् ।
यस्तै घाइते हुने अन्यमा टेकबहादुर तामाङ, लाक्पा छिरिङ तामाङ, डोल्मा तामाङ र सुनबहादुर तामाङ रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया