रसुवामा दुई प्रहरी चौकी निर्माण
रसुवा । रसुवामा दुई प्रहरी चौकी निर्माण गरिएका छन् ।
नौकुण्ड गाउँपालिकाको पारच्याङ र आमाछोदिङ्मो गाउँपालिकाको हाकुबेँसीमा प्रहरी चौकी निर्माण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटाँैडाका प्रहरी नायब महानिरीक्षक दीपक थापाले मङ्गलबार ती दुवै चौकीको उद्घाटन गर्नुभयो ।
रु दुई करोड ५७ लाखको लागतबाट पारच्याङमा तथा रु दुई करोड २४ लाखको लागतमा हाकुबेँसीमा प्रहरी चौकी निर्माण गरिएका हुन् । नेपाल सरकारको अनुदानअन्तर्गत निर्माण भएका दुवै चौकी एउटै ढाँचाका रहेका छन् ।
नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक थापाले सुरक्षा कार्यमा सबै पक्षसँग समन्वयात्मक तवरबाट नेपाल प्रहरी अगाडि बढ्दै जाने उल्लेख गर्दै घटना न्यूनीकरण गर्न प्रहरीलाई सूचना दिई सहयोग गरिदिन स्थानीयलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, नौकुण्ड–३ का वडाध्यक्ष लोकेन्द्रदेव मोक्तान, आमाछोदिङ्मो–१ का वडाध्यक्ष साङ लामालगायतको उपस्थिति थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया