मैत्रीपुर्ण खेलमा नुवाकोट ११ विजयी

विदुर खबर २०७९ फागुन १३ गते ९:०६

नुवाकोट । नुवाकोट फुटवल संघले आयोजना गरेको मैत्रीपुर्ण फुटवलमा घरेलु टोली नुवाकोट ११ विजयी भएको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सम्पन्न भएको खेलमा घरेलु टोली नुवाकोट ११ ले नेपाल एपिएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

एपिएफ क्लबलाई पराजित गरेको नुवाकोट ११ को लागि पहिलो हाफको ३८ औ मिनेटमा सचित पुडासैनीको गोलमार्फत अग्रता बनाएको थियो ।

Advertisement

तर खेलको ४३ मिनेटमा एपिएफका प्रविण स्याङताङले गोल गर्दे खेल बरावरीमा ल्याएका थिए । तर खेलको दोस्रो हाफमा नुवाकोट ११ का थापाले उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

त्यसपछि दुबै टोलीले पाएको मौकामा गोल गर्न नसकेपछि घरेलु टोली नुवाकोट ११ विजयी भएको हो । प्रतियोगिता अन्र्तगत आज (शनिवार) मनाङ मस्याङ्दी क्लब र फेन्ड्स क्लबविच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

यसअघि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका मेयर जगत गुरुङ लगायतले प्रतियोगिताको उद्घाटन गरेका थिए । मेयरद्धय श्रेष्ठ र गुरुङले नुवाकोटमा फुटवलमार्फत पर्यटन प्रर्वद्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया