रसुवा भन्सारका तत्कालीन अधिकृत केसीविरुद्ध २ करोड १० लाख रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर
नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा २ करोड रुपैयाँभन्दा बढी बिगो, त्यति नै जरिवाना र कैद सजाय मागदाबिसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको वैध स्रोत खुलाउन नसकेको भन्दै स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना र कैद तथा अवैध सम्पत्तिबाट बढे/बढाइएको सम्पत्ति जफत गर्न मागदाबी लिएको छ ।
अख्तियारले केसीकी पत्नी सुशीला पण्डितका नाममा घरजग्गा खरिद, बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेका तथा लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाएको छ ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले केसी सरकारी सेवामा प्रवेश गरेयताको सम्पत्ति जाँचबुझ गर्दा वैध स्रोत नखुलेको सम्पत्तिउपर बिगो, जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको बताए । २०४३ साउन १ बाट सरकारी सेवा प्रवेश गरेका केसीमाथि २०७८ असार ३० सम्मको ३५ वर्षमा आयआर्जन गरेको सम्पत्ति तथा खर्चविवरणमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।
‘सरकारी सेवा प्रवेश गरेयताको ३५ वर्षमा निजको सम्पूर्ण वैधानिक आयहरूमा पारिश्रमिक बचत, विभिन्न प्रोत्साहन भत्ता पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी सञ्चयकोषबाट लिएको कर्जा आय, स्वआर्जित घर बहाल आय, पैतृक घर बहाल आय, कृषि आय, अंशबन्डाबाट प्राप्त नगद, बीमा परिपक्व भई प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकम समेत गरी ३ करोड ५१ लाख १६ हजार २० रूपैयाँ २२ पैसा देखिन्छ,’ प्रवक्ता भण्डारीले भने । तर, सोही अवधिमा उनले गरेको खर्च तथा लगानी आयभन्दा २ करोड १० लाख रुपैयाँभन्दा बढी देखिएको भण्डारीले बताए ।
अख्तियारको अनुसन्धानमा केसीको सम्पूर्ण व्यय (खर्च तथा लगानी)मा घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, संगोलमा रहँदा नै जग्गा खरिद गर्दा भएको निजको भागमा पर्न आउने खर्च, छोरा/छोरीहरुको अध्ययन खर्च, सञ्चयकोषको कर्जा भुक्तानी, स्वआर्जित घर बहाल कर, पैत्रिक घर बहाल कर, बीमाको प्रिमियम भुक्तानीमा भएको खर्च, छोरीहरूलाई दिएको रकम, शेयर खरिदमा भएको खर्च, सवारी साधन खरिदमा भएको खर्च, निजी भ्रमणमा भएको खर्च, औषधि उपचार खर्च, सुन खरिदसमेत गर्दा भएको खर्च र बैंक मौज्दातसमेत गरी ५ करोड ६१ लाख २६ हजार ५ सय २ रुपैयाँ ७३ पैसा देखिएको छ ।
स्रोत नखुलेको सम्पत्ति केसीले सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको अख्तियारले विशेष अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ । ‘निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा २ करोड १० लाख १० हजार ४ सय ८२ रूपैयाँ ५१ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले प्रचलित कानुनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो ।’
अख्तियारले अकूत सम्पत्तिबाट बढेबढाइएको सबै चलअचल सम्पत्ति जफतको मागदाबी गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने ५० प्रतिशत पनि पुगेनन्
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना





प्रतिक्रिया