रसुवाको कालिकामा रक्तदाता समाज गठन

रसुवा । स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज कालिकास्थान गाउँपालिका समिति गठनार्थ एक भेलाको आायोजना गरियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका अध्यक्ष प्रमिला लामाको अध्यक्षतामा आयोजित उक्त भेलाले तारा कार्कीको अध्यक्षतामा ९ सदस्य रहेको एक कार्यसमिति चयन गरिएको छ ।
जसमा उपाध्यक्ष चन्द्रबहादुर तामाङ्ग, सचिव हेमनाथ खतिवडा, कोषाध्यक्ष बिराज तामाङ लोप्चन त्यसैगरी सदस्यहरूमा क्रमशः झंकनाथ न्यौपाने, डिल्लीकुमार देवकोटा, उमेश न्यौपाने, सुमित्रा सापकोटा, दशरथ देवकोटा रहनु भएको नेपाल स्वयंसेवी रक्तदाता समाज कालिका गाउँपालिका समितिको गठन गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कालिका गाउँपालिका समिति रसुवाका अध्यक्ष तारा कार्कीले आउँदो फागुन १३ गते शनिबारका दिन रक्तदान कार्यक्रमको आयोजना गर्नेपनि बताउनुभयो ।
सहभागीहरुबीच छलफलमा १७२ पटक रक्तदान गरेका स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले हाम्रो शरिरमा आफै मर्ने रगत दान गरेर मानव जीवन बचाउन धेरै सहयोग पुग्ने र रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
प्रतिक्रिया