लाङटाङ निकुञ्जले कृषकलाई राहत दियो
विदुर खबर
२०७९ माघ २६ गते २१:४२
नुवाकोट । वन्यजन्तुले अन्नबाली तथा पशुधनमा क्षति गरेपछि लाङटाङ राष्ट्रिय निकुञ्जले ५ वर्षमा १ हजार २ सय १७ कृषकलाई राहत रकम दिएको छ ।
१ करोड १५ लाख ३० हजार ६ सय ९२ रुपैयाँ प्रदान गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । धेरैजसो कृषकले जंगली बँदेलले अन्नबाली क्षति गरेको भन्दै निवेदन दिएका छन् ।
निकुञ्जले ०७४/०७५ देखि जिल्लाबाटै कृषकलाई राहत दिन थालेको हो । त्यसअघि क्षेत्रीय वन निर्देशनालय हेटौंडाले राहत दिने व्यवस्था थियो ।
घरगोठ र खाद्यान्न बालीको क्षतिका लागि बढीमा १० हजार, वयस्क भैंसी, जोत्ने उमेरको राँगा, गोरु वा उन्नत गाई वा साँढेको मृत्यु भएमा बढीमा ३० हजार रुपैयाँसम्म दिने व्यवस्था छ । निर्देशिकामा मानवीय, पशुधन, घरगोठ, भण्डारका अन्न र खाद्यान्न बालीको क्षतिका लागि राहत दिने व्यवस्था छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया