वाग्मती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
नुवाकोट ।वाग्मती सरकारले प्रदेशका ७ वटा अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
प्रदेशका ७ वटा अस्पतालका लागि कुल ३ करोड ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ७ वटा एम्बुलेन्स बुधबार हस्तान्तरण गरिएको हो । तत्कालीन स्वास्थ्यमन्त्री निमा लामाको कार्यकालमा एम्बुलेन्स खरिद गरिरएको थियो ।
भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, टोखा चण्डेश्वरी अस्पताल काठमाडौं, पशुपति चौलागाईं स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताल चितवनलार्इं ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
प्रतिएम्बुलेन्स ५२ लाख ९० हजार रुपैयाँ लागतमा खरिद गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार केन्द्रमार्फत गत वर्ष पनि ५ वटा एम्बुलेन्स खरिद गरी प्रादेशिक अस्पताललाई उपलब्ध गराएको थियो ।
एम्बुलेन्स हस्तान्तरण गर्दै स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेशका सबै नागरिकहरुसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । उनले गरिब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायका नागरिकहरुको स्वास्थ्यमा पहुँचमा पुर्याउन सरकार गम्भीर भएर काम गरिरहेको बताए । नागरिकको उचित स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार प्रतिसरकार गम्भीर रहेको र सरकारलाई उक्त दायित्वबोध भएकाले त्यसका लागि नीतिगत रुपमा अघि बढ्ने तयारी भएको बताए ।
उनले सरकारले निःशुल्क प्रदान गर्दै आएको औषधि अभाव हुन नदिन सरकार गम्भीर रहेको र सबै कर्मचारीहरुको सहकार्य आवश्यक रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया