बट्टारको श्रीकृष्ण सहकारीको सेयर पूजी २ करोड ५ लाख पुग्यो

नुवाकोट । नुवाकोेटको बट्टार वजारमा रहेको श्रीकृष्ण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभा तथा रजत जयन्ती शनिवार सम्पन्न भएको छ । सभाले सहकारीको वार्षिक निती कार्यक्रम तथा वजेट सर्वसम्मतीले पारित गरेको छ ।
साधारणसभाले संस्थाका अध्यक्ष बच्चुमाया सुनारीले प्रस्तुत गर्नु भएको गत आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७९÷०८० को नीति तथा कार्यक्रम पारित गरेको छ । अध्यक्ष सुनारीको प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्ष सम्ममा १ हजार ४ सय २२ जना सेयर सदस्यवाट २ करोड ५ लाख ४ हजार ६ सय रुपैयाँ सेयर पुँजी रहेको छ ।
यस्तै, कोषाध्यक्ष गजेन्द्र खड्का परमार्थिले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार संस्थाले गत आवमा १ करोड ४२ लाख १६ हजार १ सय ५१ रुपैयाँ आम्दानी गरेकोमा १ करोड २४ लाख ८६ हजार २ सय २५ रुपैयाँ खर्च भई १७ लाख २९ हजार ९ सय २६ रुपैयाँ नाफा आर्जन गरेको छ ।
साधारणसभाको जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले उद्घाटन गर्नुभएको हो । सभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले न्युन आय भएका सदस्यहरुको आर्थिक हितका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने वताउनुभयो ।
कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का अध्यक्ष निलमवावु ढुङ्गेलले विदुर नगरपालिकाको आर्थिक समुन्नतीका लागि यहाँ क्रियाशिल सहकारी संस्था, निजी क्षेत्र र स्थानीय सरकारको सहकार्य जरुरी रहेको वताउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी वैंकका नुवाकोटका प्रतिनिधि रबिन्द्रमान श्रेस्ठले सहकारी संघसंस्था सहकारी बंैकको सेयर सदस्य समेत रहने भएकोले आफ्नो आर्थिक कारोवार सहकारी बैंक मार्फत नै गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सहकारी बैंकले यस वर्षको नियमित कारोवार गर्ने संस्थाको रुपमा श्रीकृष्ण वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पहिचान गरी सम्मान गर्न लागिएको समेत श्रेष्ठले जानकारी दिनुभयो । साधारणसभा तथा रजत जयन्तीको अवसरमा सहकारीले संस्थाका संस्थापक पदाधिकारी, सदस्य तथा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान समेत गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट विदुर–४ बट्टारमा स्थायी वसोवास गर्न आएका स्थानीयलाई वचत गर्न प्रेरित गर्ने उद्येश्यले २०५५ सालमा सहकारी स्थापना गरिएको संस्थापक अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो । शुरुमा २९ जना सेयर सदस्यवाट १ सय रुपैयाँ मासिक वचतबाट शुरु भएको यस सहकारीमा हाल १ हजार ४ सय २२ जना सेयर सदस्यवाट २ करोड ५ लाख ४ हजार ६ सय रुपैयाँ सेयर पुँजी रहेको छ ।
संस्थाले गत आवमा ७ करोड ७८ लाख २४ हजार ८ सय ३४ रुपैयाँ वचत संकलन र ९ करोड २० लाख ७ सय ६० रुपैयाँ कर्जा लगानी गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया