बट्टारको श्रीकृष्ण सहकारीको सेयर पूजी २ करोड ५ लाख पुग्यो
नुवाकोट । नुवाकोेटको बट्टार वजारमा रहेको श्रीकृष्ण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभा तथा रजत जयन्ती शनिवार सम्पन्न भएको छ । सभाले सहकारीको वार्षिक निती कार्यक्रम तथा वजेट सर्वसम्मतीले पारित गरेको छ ।
साधारणसभाले संस्थाका अध्यक्ष बच्चुमाया सुनारीले प्रस्तुत गर्नु भएको गत आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७९÷०८० को नीति तथा कार्यक्रम पारित गरेको छ । अध्यक्ष सुनारीको प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्ष सम्ममा १ हजार ४ सय २२ जना सेयर सदस्यवाट २ करोड ५ लाख ४ हजार ६ सय रुपैयाँ सेयर पुँजी रहेको छ ।
यस्तै, कोषाध्यक्ष गजेन्द्र खड्का परमार्थिले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार संस्थाले गत आवमा १ करोड ४२ लाख १६ हजार १ सय ५१ रुपैयाँ आम्दानी गरेकोमा १ करोड २४ लाख ८६ हजार २ सय २५ रुपैयाँ खर्च भई १७ लाख २९ हजार ९ सय २६ रुपैयाँ नाफा आर्जन गरेको छ ।
साधारणसभाको जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले उद्घाटन गर्नुभएको हो । सभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले न्युन आय भएका सदस्यहरुको आर्थिक हितका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने वताउनुभयो ।
कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का अध्यक्ष निलमवावु ढुङ्गेलले विदुर नगरपालिकाको आर्थिक समुन्नतीका लागि यहाँ क्रियाशिल सहकारी संस्था, निजी क्षेत्र र स्थानीय सरकारको सहकार्य जरुरी रहेको वताउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी वैंकका नुवाकोटका प्रतिनिधि रबिन्द्रमान श्रेस्ठले सहकारी संघसंस्था सहकारी बंैकको सेयर सदस्य समेत रहने भएकोले आफ्नो आर्थिक कारोवार सहकारी बैंक मार्फत नै गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सहकारी बैंकले यस वर्षको नियमित कारोवार गर्ने संस्थाको रुपमा श्रीकृष्ण वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पहिचान गरी सम्मान गर्न लागिएको समेत श्रेष्ठले जानकारी दिनुभयो । साधारणसभा तथा रजत जयन्तीको अवसरमा सहकारीले संस्थाका संस्थापक पदाधिकारी, सदस्य तथा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान समेत गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट विदुर–४ बट्टारमा स्थायी वसोवास गर्न आएका स्थानीयलाई वचत गर्न प्रेरित गर्ने उद्येश्यले २०५५ सालमा सहकारी स्थापना गरिएको संस्थापक अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो । शुरुमा २९ जना सेयर सदस्यवाट १ सय रुपैयाँ मासिक वचतबाट शुरु भएको यस सहकारीमा हाल १ हजार ४ सय २२ जना सेयर सदस्यवाट २ करोड ५ लाख ४ हजार ६ सय रुपैयाँ सेयर पुँजी रहेको छ ।
संस्थाले गत आवमा ७ करोड ७८ लाख २४ हजार ८ सय ३४ रुपैयाँ वचत संकलन र ९ करोड २० लाख ७ सय ६० रुपैयाँ कर्जा लगानी गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया