रसुवामा कांग्रेसका आचार्यको फराकिलो अग्रता
विदुर खबर
२०७९ मंसिर ६ गते ८:५१

रसुवा । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा कांग्रेसका मोहन आचार्यले फराकिलो अग्रता बनाएका छन् ।
जारी गणनाको सुरुवाती परिणाममा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले ६ हजार ९७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङले ३ हजार ५ सय ५१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले बताएको छ ।
एक प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा अस्थाइ र स्थाइ गरि ३६ मतदानस्थल र ५४ वटा मतदान केन्द्र रहेको छ । रसुवामा ३९ हजार ४ सय ५९ मतदाता रहेका छन् ।
जसमध्य महिला १९ हजार ३ सय ४० पुरुष २० हजार १ सय १८ र अन्य १ जना रहेका छन ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया