डर र लोभमा नफसी गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुस् : तामाङ

विदुर खबर २०७९ कार्तिक २६ गते १९:१३

नुवाकोट । पूर्वमन्त्री एवं वाम-लोकतान्त्रिक गठबन्धनबाट नुवाकोट-१ का साझा उम्मेदवार हितबहादुर तामाङले कसैको डर र लोभमा नफसी निर्धक्कले गठबन्धनलाई भोट हाल्न मतदातालाई आग्रह गर्नुभएको छ ।

Advertisement

सूर्यगढी १ स्थित डिठास्वाँरा, सानू भोर्लेका मतदाताहरुलाई शुक्रबार सम्बोधन गर्नुहुँदै निवर्तमान संघीय सांसद तामाङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै डर र लोभबिना मतदान गर्न आग्रह गर्नु भएको हो ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तामाङले बोरेभञ्ज्याङ- डिठ्ठा स्वाँरा-सानो भोर्ले हुँदै रसुवा जोड्ने सडकको नामांकन भइसकेको जनाउँदै आफूहरु निर्वाचित भएपछि त्यो सडकलाई थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘भोट हालेर हामीलाई जिताउनुहोस् । बजेट हाल्छौं, प्रतिबद्ध छौं,’ तामाङले भन्नुभयो ।

Advertisement

प्रदेशसभा १ (२) का प्रत्यक्ष उम्मेदवार एवं नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले गाउँपालिका र प्रदेशमा पहल गरेर जनताको विकासको चाहनामा सहयोग पुर्‍याउने वचनबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य नै गाउँको विकास गर्ने हो ।

संघमा आदरणीय हितबहादुर तामाङ र प्रदेशमा म (रमेशकुमार महत) र राधिका तामाङलाई जिताउनुहोस् ।’ गठबन्धन दलका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुलाई सुर्यगढी १ स्थित डिठास्वरा, सानू भोर्लेका मतदाताहरुले फूलमालासहित भव्य स्वागत गरेका छन् ।

Advertisement

प्रतिक्रिया