एमाले रसुवाको प्रतिबद्धतापत्र : ५० युनिटसम्म बिजुली निःशुल्क
रसुवा । नेकपा (एमाले) रसुवाले प्रत्येक घरधुरीलाई ५० युनिटसम्म विद्युत् निःशुल्क उपभोग गर्न पाउने व्यवस्थासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमाले रसुवाले १८ वटा शीर्षकसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धतापत्रमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, जलविद्युत्, पशुपालन, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दिइएको छ ।
६० वर्षभन्दा माथि उमेर समूहका जनताको निःशुल्क नियमित स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । पासाङल्हामु मार्गको बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेंसीसम्म सडक स्तरोन्नती गर्ने कुरा पनि समेटिएको छ । त्यस्तै राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलङ–स्याफ्रुबेंसी–रसुवागढी नाका जोड्ने सडक निर्माण छिटो सम्पन्न गर्न संघीय सरकारसँग समन्वय र पहल गरिने, ‘हाम्रो लगानीमा हाम्रै दक्ष जनशक्ति’ भन्ने नाराका साथ जिल्लामा डाक्टर, इञ्जिनियर, नर्स, कृषिविज्ञान, पशु विज्ञान, वनविज्ञान, गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक तयार गरिने छ ।
वन्यजन्तुहरु बाँदर, बँदेल, भालु, दुम्सीलगायतबाट हुने अन्नबाली क्षतिको उचित संरक्षण र किसानलाई क्षतिपूर्तिको ग्यारेन्टी गरिने विषय पनि प्रतिबद्धतापत्रमा रहेको एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार छोवाङ तेन्जिन तामाङले बताए
लाङटाङ र गोसाइँकुण्ड पदमार्गलाइ थप व्यवस्थित गर्ने, धुन्चेदेखि गोसाइँकुण्ड केवलकार निर्माण र सञ्चालनका लागि आवश्यक पहल गरिने, कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा रहेको बिर्ता समस्या र आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकामा रहेको गुठी समस्या समाधानका लागि पहल गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
प्रत्येक गाउँपालिकामा कभर्डहल र फिडनेस सेन्टर स्थापना, जिल्लामा एक नगरपालिका घोषणा र कार्यान्वयनका लागि आवश्यक पहल गरिने, भ्रष्टाचारमुक्त जिल्ला निर्माणका लागि अभियान गरिने प्रतिबद्धता रहेको एमाले रसुवाका अध्यक्ष कर्न्याल तामाङले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया