नुवाकोटको तारकेश्वरको ७ स्थानमा सोलार बत्ती जडान
विदुर खबर
२०७९ कार्तिक २५ गते १२:३४

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको विभिन्न स्थानमा सोलार बत्ती जडान गरिएको छ ।
बिहिबार गाउँपालिका अध्यक्ष शिव अधिकारी आफै उपस्थित भएर वडा नम्बर २ को तारुकाघाटको मरनघाट, महादेब मन्दिर, २ को सातदोबाटोमा, ३ को ढकालगाउँ, जोरचौतारा र ६ को मझुवा र कुवापानीमा बढि पावर भएको सोलार बत्ति जडान गरिएको हो ।
मानिसको बढि ओहोरदोहोर हुने क्षेत्रमा रातको समयमा सहज यात्राका लागि यस्तो ब्यवस्था गरिएको अधिकारीले जानकारी दिए ।
उनले केही समयपछि अन्य स्थानमा पनि यस्तो बत्तीको ब्यवस्थापन गरिने जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया