सि डिभिजन छनोट : पहिलो हाफमा नुवाकोट युनाइटेड र चित्लाङले वरावरी खेले
विदुर खबर
२०७९ कार्तिक २३ गते १२:२९

नुवाकोट । काठमाण्डौमा जारी शहिद स्मारक सि डिभिजन छनौट फुटवल प्रतियोगिता अन्र्तगत आज (बुधवार) नुवाकोट युनाइटेड फुटबल क्लबले क्वाटरफाईनलमा चित्लाङ फुटवल क्लबसँग प्रतिष्पर्धा गरिरहेको छ ।
केहीविर अघि सम्पन्न पहिलो हाफमा दुबै टोलीले समान एक÷एक गोल गरेका छन् । नुवाकोट युनाइटेड फुटवल क्लबले चित्लाङको पोष्टमा केही राम्रो प्रहार गरेपनि गोल हुन सकेको छैन ।
नुवाकोट युनाइटेड फुटबल क्लब समुह ओ को विजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
उसले लिग चरणमा च्याम्पियन व्वाईज फुटबल क्लब कोटेश्वर लाई १–० र ईमाडोल युनिटि क्लब ललितपुर लाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा देशभरिबाट ६२ वटा विभिन्न क्लबहरु सहभागि भएका छन ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया