विद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि संस्कृत माविलाई

विदुर खबर २०७९ कार्तिक २१ गते २१:५२

Advertisement

नुवाकोट । नुवाकोट क्रिकेट संघद्धारा आयोजित १० आँै अन्तर विद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको शहिद जगत प्रकाश जंग शाह सँस्कृत माध्यामिक विद्यालयले हात पारेको छ ।

सोमवार भएको फाइनल खेलमा अर्किड एकेडेमी बट्टारलाई ६ विकेटले पराजित गरि संस्कृत माविले उपाधि माथि कब्जा जमाएको हो ।

Advertisement

टस जितेर पहिले ब्याटिङ गरेको अर्किड एकेडेमीले १६ दशमलव ५ ओभरमा अल आउट हुँदै ७४ रन मात्र बनाउन सक्यो । अर्किडको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा संस्कृत माविका रोसिस सुनार एक्लैले ४ विकेट हात पारे । उनले ३ दशमलव ५ ओभर वलिङ गर्दै १६ रन दिएका थिए ।

त्यस्तै संस्कुत माविका श्रीतेस राईले ३ र अनिस नेपालले एक विकेट हात पारे । ७५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको संस्कृत माविले १२ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग¥यो ।

Advertisement

संस्कृत माविलाई उपाधि दिलाउन दिपेश अधिकारीले १२ र श्रीतेस राईले ११ रनको योगदान गरे । यस्तै अनिस नेपालले ९ रन बनाए ।

प्रतियोगितामा संस्कृत मावि, अर्किड एकेडेमी, रणभुवेनश्वरी मावि र श्री भिमेश्वर बोर्डिङ स्कुलको सहभागीता रहेको नुवाकोट क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेताका साथै उत्कृष्ट खेलाडीहरुलाई विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरेकी छिन् ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमवावु ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया