नुवाकोटमा मतदाता शिक्षाको लागि घरदैलो अभियान शुरु
नुवाकोट । नुवाकोटमा शुक्रबारदेखि मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम सुरु भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभार र प्रदेशसभा निर्वाचनको लागि मतदाता शिक्षा शुरु गरिएको मतदाता शिक्षा जिल्लास्तरीय समितिको बैठकले जनाएको छ ।
बैठकले मतदाता शिक्षा कार्यक्रमलाई समदायस्तरमा लैजाने निर्णय समेत गरेको छ । मतदाता शिक्षा जिल्ला कार्यसमितिका संयोजक एवम्ु पम्रख जिल्ला अधिकारी नारायणप प्रसाद रिसालको अध्यक्षतामा बसेको बैठकले आगामी मङ्सिर १ गतेसम्म स्थानीय तहका सबै वडामा एकैसाथ घरदैलो कार्यक्रमको व्यवस्था मिलाउन मतदाता शिक्षा सञ्चालक समितिलाई आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ ।
मतदाता शिक्षासम्बन्धी सम्पूर्ण सरोकारवालासँग समन्वय गर्दै स्थानीय तहले आयोगको अनमतिमा विभिन्न सङ्घ–संस्था र निकायबाट सञ्चालन गर्ने मतदाता शिक्षासम्बन्धी घरदैलो, घम्ती टोली कार्यक्रमको समन्वय, सहजीकरण र अनगमन गर्नेछ । मतदाता शिक्षा सामग्री सरोकारवालालाई उपलब्ध गराई मतदाता शिक्षासम्बन्धी अध्ययन, अनसन्धानलाई आवश्यक सहयोग र समन्वय गर्ने बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका पम्रख जयप्रसाद गौतमले जानकारी दिए ।
गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थिएन । मतदातामा शिक्षा दिनपर्ने माग आएको र आयोगले कार्यक्रम राखेकाले अहिले मत दातालाई मतदानसम्बन्धी आवश्यक शिक्षा दिन लागेको उनले बताए ।
जिल्लामा बुधबारदेखि नमना मतदान सुरु भएको छ । विदुर नगरपालिकाको वडा नम्बर १० गेर्खुटारको सुन्दरी क्यौरेनी माविमा नमुना मतदान भएको थियो ।
जिल्लाको १२ वटै पालिकामा नमुना मतदान मङ्सिर १ गतेभित्र भइसक्नेसमेत जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया