नुवाकोटमा नेकपा एसका साढे दुई सय नेता कार्यकर्ता एमाले फर्किए
नुवाकोट । नुवाकोटमा एमालेको विरासत कायम गर्न फुटेर होइन जुटेर लागौँ भन्नेु अभियान सरु भएको छ ।
एमालेको तर्फबाट उम्मेदवार बनेका नेता जिताउन एकीकृत समाजवादी एमालेमा समाहित भएको छ । समाजवादी पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य केपी लामिछानेको नेतृत्वमा करिब साढे दुई सय नेता– कार्यकर्ता एमाले पवेश गरेका छन् ।
बुधबार एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेसहित जिल्ला कमिटी सचिवालय सदस्यहरू १० जनासहित जिल्ला कमिटी वडाकमिटीका नेता–कर्यकर्ता पवेश गरेका हुन् ।
एमाले पवेश गर्ने जिल्ला कमिटी सचिवालय सदस्यहरूमा मेघराज लामिछाने, दीपक पाठक, ठाकुर भण्डारी, राजन थापा, हरि गिरी, प्रेम तमाङ, यमसिं तामाङ, फर्पाछिरिङ तामाङ, देवकी पाठक, रघु पण्डित, राजेन्द्र खतिवडालगायत रहेका छन् । त्यस्तै, एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य जितबहादुर बलामी पनि एमाले प्रवेश गर्ने प्रतिबद्धता जनाएको एमाले नुवाकोटका उपसचिव नीलकण्ठ आचार्यले बताए ।
प्रवेशपछि मन्तव्य राख्दै नेता लामिछानेले आफूले विगतमा विभिन्न कारणले एमाले छोडेको र अहिले पुरानै आफ्नो घर फर्किएको बताए ।
उनले जनतालाई राहत दिन सक्ने पार्टी एमाले नै रहेको र गठबन्धनले देश बर्बादीतर्फ धकेलेको बताए । गठबन्धनको नाममा देश बर्बादीतर्फ पुग्न लागेकाले बेलैमा सचेत रहेर घर फर्किएको लामिछानेले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया