नुवाकोट युनाइटेड फुटवल क्लब क्वाटरफाईनल प्रवेश
विदुर खबर
२०७९ कार्तिक ४ गते २२:०६

नुवाकोट । नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लब शहिद स्मारक सि डिभिजन छनोटको क्वाटरफाइनल प्रवेश गरेको छ ।
शुक्रवार ईमाडोल युनिटी क्लब ललितपुरलाई ४–२ गोल अन्तरले पराजित गरि नुवाकोट युनाइटेड फुटवल क्लब लगातार दोस्रो जित हात पार्दै क्वाटफाइनल प्रवेश गरेको हो ।
नुवाकोट युनाइटेड फुटवल क्लबलाई विजयी गराउन राजकुमार कुमाल (नानु) ,सन्तोष थापा, शैलेन्द्र थापा मगर, र अजय वाईवाले एक÷एक गोल गरेका हुन् ।
लगातार दोस्रो जित हात पार्दै ६ अंक बटुलेको नुवाकोट युनाइटेड फुटवल क्लब समुह (ओ) को शिर्ष स्थानमा रहदै क्वाटरफाइनल प्रवेश गरेको हो ।
यसअघि पहिलो खेलमा नुवाकोट युनाइटेड फुटवल क्लबले च्याम्पियन व्वाईज फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया